१.१ जिल्लाको सामान्य परिचय
दाङ्ग जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अन्चलमा पर्ने सुगम एवं विकसित जिल्ला हो । यस जिल्लाको इतिहासका जानकार हापुर रतनपुर वगिया निवासी स्व. श्री टेकनाथ गौतमका अनुसार दाङ्ग जिल्ला भन्नाले दाङ्ग र देउखुरी दुवै उपत्यका र पानीढलो वुझिन्छ । पहाडका मैदानलाई वुझाउने संस्कृत भाषाको “द्रोण” शव्दबाट दाङ्ग र पहिलो वस्ती “दवपुर” बाट देवपुर भन्दाभन्दै देउखुरी वनेको हो भन्ने भनाइ छ । पश्चिम–दक्षिणबाट यस जिल्लामा आएर वसोवास गर्ने पहिलो जाती थारु हुन । त्यसपछि वाहुन र क्रमश अन्य जातका मानिसहरू पहाडबाट यहाँ आई बसोबास गरेको पाईन्छ । बि.सं. २०१४ साल सम्म यहाँ सबैभन्दा बढी संख्यामा थारु, दोस्रो ब्राह्मण र वाँकी अन्य जातहरु थिए । नयाँ जमिन आवाद गर्न पाईने व्यवस्थाले बढी संख्यामा थारुहरू नयाँ मुलुक (वांके, वर्दिया, कैलाली र कन्चनपुर) तर्पm क्रमशः बसाई सर्दै गएको पाईन्छ । विर्ता उन्मुलन तथा भुमिसुधार थोरै समयका अन्तरालमा भएको हुनाले सिधासाधा तथा अशिक्षित थारुहरूले टाठा बाठाहरुको अनेक प्र Read More...
Untitled Document